ताजा समाचार

प्रधानमन्त्री ओली र नेपालबीचको वार्ता सकियो

काठमाडाै ।   प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको छलफल सकिएको छ ।

अध्यक्ष अ‍ोली र नेपालबीच बिहीबार नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । उनीहरूबीच पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा छलफल भएको हो ।

यसअघि अध्यक्ष ओली र नेपालबीच बुधबार साँझ मेरियट होटलमै भेटवार्ता भएको थियो । २३ फागुनमा सर्वोच्च अदालतको फैसलासँगै एमाले ब्युँतिएपछि पार्टीभित्रको विवाद चर्किएको छ ।

एमाले ब्युँतिएपछि अध्यक्ष ओलीले २८ फागुनमा माओवादी केन्द्र छोडेर आएका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरुलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेका थिए । त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्दै महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।

तर, नेपाल समूहले भने सर्वोच्चको फैसलासँगै पार्टी २ जेठ २०७५ कै अवस्थामा फर्किएको र त्यही अवस्थाबाट अघि बढ्नु पर्ने माग राख्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org