ताजा समाचार

ओलीले बोलाएको बैठक खनाल-नेपाल समूहले बहिष्कार गर्ने

काठमाडौँ। सत्तारूढ नेकपा एमालेको केन्द्रीय कमिटी (महाधिवेशन आयोजक कमिटी) बैठक आज बस्दै छ ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

ओलीले बोलाएको बैठकमा नेता झलनाथ खनाल-माधवकुमार नेपाल समूहका सदस्यहरू भने सहभागी नहुने भएका छन् । माओवादी केन्द्र र एमालेको एकतालाई सर्वोच्‍च अदालतले छुटाइदिएपछि ओली समूहले गरेका सबै निर्णय खारेज नगरेसम्म बैठकमा सहभागी नहुने नेपाल निकट नेता विरोध खतिवडाले  जानकारी दिए ।

‘ओली पार्टीको विधिअनुसार चल्‍नुपर्‍यो’ खतिवडाले भने ‘माओवादी केन्द्रसँग एकता हुनुअघि जेठ २ गते अनुसार हुनुपर्छ भन्दा अध्यक्ष ओली सहमत हुनु भएन । उहाँ सहमत नभएसम्म हामी उहाँले बोलाएको कुनै बैठकमा जाँदैनौँ ।’

एमालेमा पछिल्लो समय आन्तरिक विवाद चुलिएको छ । ओलीले नेता नेपालसहितका केही नेताहरूलाई पार्टीबाट निलम्बन गरेका थिए । त्यसविरुद्ध खनाल-नेपाल समूह ओलीविरुद्ध लागेका थिए ।

चार महिना पानी बाराबारको स्थितिमा पुगेका ओली र नेपालबीच बुधबार र बिहीबार नक्सालस्थित होटल मेरियटमा  मन माझामाझ त भयो । तर ओलीले कुनै हालतमा निर्णय फिर्ता नलिने अडान लिएपछि वार्ता सफल हुन सकेन ।

बिहीबार साँझ नै अर्का नेता वामदेव गौतमलाई ओलीले बालुवाटारमा डिनर दिएका थिए । सो डिनरमा ओलीले आफुसँग फर्कन अनुरोध गरेको तर फागुन २८ गते निर्णय फिर्ता लिने भए मात्रै आउने भनेपछि ओलीले निर्णय फिर्ता नलिने बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org