ताजा समाचार

माओवादीले बादलपछि खड्कालाई राष्ट्रिय सभा सदस्यबाट हटायो

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ ।

अर्घाखाँचीका खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा दर्ता गरेको हो ।

राष्ट्रिय सभा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरको पत्र संसद सचिवालयमा जानकारी गराएका छन् ।

खड्काले दल त्याग गरेकाले उनलाई राष्ट्रिय सभाबाट हटाउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलका नेता दीनानाथ शर्मालाई पत्र लेखेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org