ताजा समाचार

जगदिश कुसियतलाई एमालेको सुनसरी इञ्चार्ज बनाइएपछि भगवतीले बहिष्कार गरिन् बैठक

काठमाडाैँ । नेकपा एमालेकी नेतृ भगवती चौधरीले पार्टीको बैठकको बीचमा नै बहिस्कार गरेर बालुवाटारबाट बाहिरिएकी छन् ।

पार्टीको सुनसरी जिल्लाको इन्चार्जमा दाबी गरेकी चौधरीको स्थानमा जगदीश कुशवाहाले इन्चार्ज दिएपछि असन्तुष्ट बनेकी चौधरीले बैठक चलिरहेकै बेला बालुवटारबाट बाहिरिएकी हुन् ।

पहिलोपटक बैठकबाट बाहिरिँदा निरु पाललगायत नेताहरुले उनलाई सम्झाएर पुनः बैठकमा लगेपनि त्यसको १० मिनेटपछि नै बैठकबाट बाहिरिएकी थिइन् ।

बाहिरिने क्रममा उनले ‘अब जे–जे गर्छन्, केपी ओलीले गर्छन्’ भन्ने छोटो प्रतिक्रियामात्र दिएकी थिइन् ।

भगवती चौधरी गत चुनावमा विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन् । ०७४ को निर्वाचनमा चौधरीले गच्छदारले धाँधली गरेर चुनाव जितेको उनको आरोप थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org