ताजा समाचार

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।

आज दिउँसो २ बजे पदाधिकारी बैठक बस्ने भएको हो।

सभापति देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

१४ औं महाधिवेशन तयारीका विषयमा बैठक केन्द्रीत हुने पौडेलले  बताए।

कांग्रेसले सोमबार केन्द्रीय समिति बैठक पनि राखेको छ। उक्त बैठकका एजेन्डा तय गर्न पनि आज पदाधिकारी बैठक बस्न लागेको हो।

समसामयिक राजनीतिक घटनाक्रम, जेठ ६ मा एक सिटका लागि हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बस्न लागेको हो।

कांग्रेसमा क्रियाशील सदस्यता वितरण तथा नवीकरण पनि चल्दैछ। अहिलेसम्म करिब ७ लाख कांग्रेसका क्रियाशील सदस्य भइसकेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org