ताजा समाचार

ओलीले बोलाएको आकस्मिक बैठक अझै सुरु भएन

आकस्मिक बैठकअघि एमालेका शीर्ष नेता छलफलमा

काठमाडाैँ ।  प्रधानमन्त्री एवम् केपी शर्मा ओलीले आकस्मिक डाकेको महाधिवेशन आयोजक समितिको  बैठक अझै सुुरु हुन सकेको छैन।

एमाले अध्यक्ष ओलीले आइतबार बिहान साढे १० बजेका बालुवाटारमा बस्ने गरी बैठक डाकेको भए पनि अझै बैठक सुरु हुन नभएको केन्द्रीय सदस्य तथा एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठक अझै सुरु भएको छैन। नेताहरू आउने क्रम जारी छ हामी पर्खाइमा छौँ उनले भने, केही समयपछि बैठक सुरु हुन्छ। बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका २७ सांसदको थप कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

अहिले एमालेका शीर्ष नेताहरूले छलफल गरिरहेको बताइएको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org