ताजा समाचार

एमाले स्थायी कमिटी बैठक सकिए लगत्तै महाधिवेशन आयोजक कमिटीको बैठक सुरु

काठमाडाैँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो ।
पार्टीको स्थायी कमिटी बैठक सकिएसँगै महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो । बैठकले झलनाथ खनाल र माधव नेपाल पक्षलाई अलग राखेर पार्टीको स्थायी समिति गठन गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org