ताजा समाचार

कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन पार्टी पंक्तिलाई एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले स्थानीय तह र जिल्लास्थित समितिसँग समन्वय गरेर पार्टी पंक्तिलाई परिचालित हुन एमालेले निर्देशन दिएको हो ।

बैठकपछि एमाले नेता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्वारेन्टिन बनाउने, जिल्ला–जिल्लामा हेल्थ डेस्क राख्ने, सचेतनाका अभियान चलाउन निर्देशन दिएको जानकारी दिए ।

पत्रकारहरुको जिज्ञासामा उनले देशभर एकसाथ लकडाउन गर्ने सोच सरकारको नभएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org