ताजा समाचार

नेपाल समूहले ‘फ्लोर क्रस’ गर्ने एमालेकाे आँकलन, कारबाहीको जिम्मा स्थायी कमिटीलाई

काठमाडाैँ । नेकपा एमालेले माधव नेपाल समूहले फ्लोर क्रस गर्ने आँकल गरेको छ ।

आइतबार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल समूहले अन्य दलहरुसँग मिलेर फ्लोर क्रस गर्ने र अविश्वासको प्रस्ताव ल्याउने विश्लेषण गरेको हो ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्ने र फ्लोर क्रस गर्न सक्ने भएकाले कारबाहीको प्रक्रिया अघि बढाउने जिम्मा स्थायी कमिटीलाई दिइएको छ ।

‘फ्लोर क्रस गरेर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रयासहरु भइरहेको छ । कर्णालीमा जस्तै प्रयासहरु हुँदै गरेको जानकारी पाएका छौं । अन्य निर्णय उपर्युक्त समयमा गरिनेछ’, प्रवक्ता ज्ञवालीले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org