ताजा समाचार

कोरोना नियन्त्रणका लागी एकढिक्का भएर परिचालित हुन पार्टी पंक्तिलाई ओलीको निर्देशन

काठमाडौं । एमालेको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सबै नेता कार्यकर्तालाई कोरोना नियन्त्रणमा लाग्न निर्देशन दिएको छ ।

आज बसेको एमालेको १० औं महाधिवेनको तेस्रो बैठकले निर्णय गरे उक्त निर्देशन दिएको पार्टीको प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीले जानकारी दिए । उनले पार्टीको सबै मातहतका कमिटीलाई हेल्थ डेक्ससहित विदेशबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्न वा उनीहरुको स्वास्थ्य अवस्थाको विषयमा निगरानी गर्न अध्यक्ष ओलीले निर्देशन दिएको जानकारी दिए ।

पार्टीको केन्द्रीय सदस्य, जनप्रतिनिधि, जिल्ला कमिटी तथा अन्य माताहतको कमिटीलाई हेल्थ डेक्ससहित विदेशबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने, संक्रमितहरुको नियमित स्वास्थ्य अवस्थाको विषयमा जानकारी राख्ने लगायत जागरण अभियान सञ्चालन गर्न निर्देशन दिएको उनले बताए ।

सरकार कोरोना नियन्त्रणमा पूर्णरुपमा लागिरहेको उनले बताए । तर, सरकारसँगै पार्टीको नेता कार्यकर्ताहरु कोरोना संक्रमण नियन्त्रणमा लाग्दा नियन्त्रणन गर्न थप सहयोग पुग्ने भएको ज्ञवालीले बताए ।

उनका अनुसार अहिले लकडाउन गर्ने विषयमा सरकारले कुनै योजना नबनाएको बताए । धेरै संक्रमण भएको स्थानहरुमा केही समय लकडाउन भएपनि पहिलेको जस्तो पूर्णरुपमा लकडाउन गर्ने विषयमा सरकारले केही तयारी नगरेको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org