ताजा समाचार

एमालेका चार सांसद निष्काशनको पत्र कर्णाली प्रदेशसभा सचिवालयमा दर्ता

काठमाडाैँ । नेकपा एमालेले फ्लोर क्रस गरी मतदान गरेका कर्णालीका चार जना सांसदलाई कारबाही गरेको पत्र प्रदेशसभामा दर्ता गराएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावको मतदानमा पार्टीको ह्वीप उल्लंघन गरी फ्लोर क्रस गरेका चार सांसदहरूलाई निष्काशन गरिएको पत्र संसदीय दलका नेता यमलाल कँडेलले आइतबार प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् ।

कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले भोलिको प्रदेशसभामा त्यो सूचनाबारे जानकारी गराइने बताए । ‘सांसदहरूलाई निष्काशन गरिएको पत्र सभाको सचिवालयमा दर्ता भएको छ । भोलि बस्ने प्रदेशसभाको बैठकमा त्यस सूचना जानकारी गराइनेछ,’ बुढाथोकीले भने ।

पार्टीको ह्वीप उल्लंघन गर्नेहरूमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा थिए । महाधिवेशन आयोजक कमिटीको १० वैशाखमा बसेको बैठकले पनि उनीहरूलाई प्रदेश सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org