ताजा समाचार

सोमबारदेखि उपत्यका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले दिदै आएको अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको छ ।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैंठकले सीडीयो कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भोलि (शोमबार)बाटै लागू हुनेगरी बन्द गरिएको बताए ।

उनका अनुसार बैठकले अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न निर्णय गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org