ताजा समाचार

काठमाडौंमा पूर्णरुपमा लकडाउन नहुने, छलफल जारी

काठमाडौं । काठमाडौं उपत्यकामा पूर्ण रुपमा लकडाउन नहुने भएको छ ।

यसका लागि कुन–कुन क्षेत्र खुकुलो गर्ने भन्ने विषयमा काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसहितको बैठक बसिरहेको छ ।

बैठकमा काठमाडौंका केही क्षेत्र खुकुलो राखेर निषेधाज्ञा जारी गर्नेबारेमा छलफल भइरहेको छ । जारी बैठकले यससम्बन्धी निर्णय गर्नेछ ।

कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच सय पुगेका जिल्लामा निषेधाज्ञा गर्न सीसीएमसीले  निर्णय गरेको थियो । सोही निर्णयका आधारमा निषेधाज्ञा जारी गर्ने तयारी भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org