ताजा समाचार

कोभिड संक्रमण डरलाग्दो ढंगले फैलन सक्ने आँकलन गरेका छौँ : अर्थमन्त्री पौडेल

काठमाडाैँ । अर्थमन्त्री विष्णु पौडेलले कोभिड– १९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले नेपालमा कोभिड–१९ को संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताए ।

जनजीविकाको रक्षा गर्दै आर्थिक सामाजिक जीवनलाई पुरानै लयमा फर्काउनुपर्ने अवस्था आएको उनको भनाइ थियो । ‘कोभिडको दोस्रो लहर दुनियाकै सामुन्नेमा चुनौतिको रुपमा देखा परेको छ,’ उनले भने, ‘हामीकहाँ पनि यसको लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलनहरू गरिएको छ ।’

‘कोभिडबाट नागरिकको जीवन रक्षा गर्ने विषय र जीविकाको रक्षा गर्ने विषय यतिबेला राष्ट्रको सामुन्नेमा सर्वाधिक प्राथमिकताको/सरोकारको विषय बन्न पुगेको छ,’ उनले भने ।

विश्वव्यापी रूपमा संक्रमण फैलिएकाले खोपको आपूर्तिमा पनि चुनौती थपिएको पौडेलले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org