ताजा समाचार

काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा, बैंक र सरकारी कार्यालय खुल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ ।

काठमाडौंसहित उपत्यकाका  तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच बैठकमा निषेधाज्ञा लगाउने सहमति भएको हो ।

आजै निषेधाज्ञाबारेको विस्तृत निर्णय सार्वजनिक गरिने छ । वैठकमा सहभागी एक अधिकारीका अनुसार निषेधाज्ञामा यायायात पूर्ण रुपमा बन्द गरिनेछ । तर बैंक र सरकारी कार्यालय भने खुल्नेछन् ।

अत्यावश्यक र तोकिएका कामबाहेक निस्कनेमाथि कडाइ गरिनेछ । खाद्यान्नका पसल खुल्नेछन् । स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कानुनी दायरामा ल्याइनेसमेत सहमति  भएको छ । यसबाहेक निषेधाज्ञामा खोल्न पाइने र नपाइने विषयमा छलफल जारी छ ।

वैठकमा सहभागी एक अधिकारीले भने,“विस्तृत कुरा सूचनामार्फत सार्वजनिक भैहाल्छ । तर निषेधाज्ञाको कडा कार्यान्वयन गर्ने गराउने कुरा भएको छ । अहिलेको महामारी विगतको भन्दा डरलाग्दो देखिएको छ । यसबारे आगामी दिनमा थप कडा निर्णय लिनुपर्ने हुनसक्छ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org