ताजा समाचार

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे स्थायी कमिटी बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

बैठकको एजेन्डा नखुलाइए पनि सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले ल्याउन लागेको अविश्वास प्रस्तावबारे छलफल गर्ने तयारी रहेको माओवादी केन्द्र स्रोतले जनाएको छ ।

मंगलबार नै जनता समाजवादी पार्टीले पनि अविश्वास प्रस्तावबारे छलफल गर्न बैठक राखेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org