ताजा समाचार

ऊर्जामन्त्री रायमाझीमा कोरोना संक्रमण पुष्टि, अस्पताल भर्ना

काठमाडाैँ । ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार गरीएको परीक्षणमा कोरोनाको पोजेटिभ रिपोर्ट देखिएको उनका निजी सचिव नारायण खत्रीले जानकारी दिए ।
केही दिनयता कोरोनाको लक्षण देखिएपछि उनले परीक्षणका लागि स्वाब दिएका थिए ।

कोरोना पुष्टि भएसँगै उनी छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन् । उनको अवस्था सामान्य रहेको खत्रीको भनाइ छ ।
संक्रमणअघि उनी क–कसको सम्पर्कमा रहेका थिए भन्नेबारे खुलेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org