ताजा समाचार

पूर्वप्रधानमन्त्री भट्टराईको वीरमा न्युरो-इन्डोक्राइन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका नेता डा.बाबुराम भट्टराईको काठमाडौंको वीर अस्पतालमा पेटको न्युरो-इन्डोक्राइन ट्युमरको सफल शल्यक्रिया भएको छ।

सफल शल्यक्रिया भएको जानकारी भट्टराईकी छोरी मानुषी यमी भट्टराईले ट्वीटरमार्फत दिएकी हुन्।

डा. भट्टराई हिजो वीर अस्पतालमा भर्ना भएका थिए। उनको स्वास्थ्य अहिले सामान्य रहेको जनाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org