ताजा समाचार

‘प्रधानमन्त्रीज्यू अब त अहंकार र अकर्मण्यताको धरहराबाट ‌ओर्लनुस्’

काठमाडाैँ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अहंकार र अकर्मण्यताको धरहराबाट’ ओर्लन आग्रह गरेका छन् ।

कोरोनाको महामारी नियन्त्रणका लागि साथ दिन आफूहरू तयार रहेको भए पनि प्रधानमन्त्री ओली अहंकार र अकर्मण्यताको धरहरामा रहेको उनले बताए ।

शनिबार ट्विट् गर्दै थापाले कोरोनाको यो भयावह अवस्था सरकार एक्लैले सामना गर्न नसक्ने बताउँदै सबै पक्ष र आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नुपर्ने उल्लेख गरेका छन् ।

तर, महामारीमा सरकारले हामी सक्दैनौँ भनेर हात उठाउने र प्रधानमन्त्रीको प्राथमिकतामा अझै पनि महामारी नपर्ने आपत्तीजनक अवस्था रहेको उनले बताए ।

‘कठिन भए पनि उपलब्ध स्रोत, साधन र जनशक्तिको सदुपयोग गरी क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ,’ थापाले लेखेका छन्, ‘त्यसका लागि उपाय जानेकाहरूको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ ।’

थापाले अगाडि लेखेका छन्, ‘हामी साथ दिन तयार छौँ, कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org