ताजा समाचार

लुम्बिनी प्रदेशको अधिवेशन अन्त्य

काठमाडौं । लुम्बिनी प्रदेशमा आजबाट बोलाइएको विशेष अधिवेशन अन्त्य भएको छ । कामचलाउ मुख्यमन्त्रीको सिफारिसमा प्रदेशप्रमुखले धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन् ।

” प्रदेशप्रमुखले अधिवेशन अन्त्य गरिसक्नुभएको छ । हामी सूचना निकाल्दै छौं,” प्रवक्ता चिरन्जीवी पौडेलले भने ।

बैठक मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफलका लागि आज दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर, आजै मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org