ताजा समाचार

पोखरेलको शपथ रोक्न प्रदेश प्रमुखसमक्ष ४० सांसद पुगेपछि विपक्षी गठबन्धनकै सरकार बन्ने सम्भावना

काठमाडाै ।  मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै लुम्बिनी प्रदेशको सत्ता समीकरणमा हलचल देखिएको छ । राजीनामा दिने बेलासम्म एकल बहुमतमा रहेका पोखरेल दुईघण्टाको वीचमै एकजना सांसद गुमाए । नेकपाबाट निर्वाचित सांसद विमला खत्री माओवादी केन्द्रमा प्रवेश गरेपछि सरकार बनाउन नै समस्या भएको छ ।

सत्ता समीकरणका लागि अहिले जम्मा ४१ सांसद चाहिन्छ । तर, एमालेसँग अहिले ४० सीट छ र विपक्षीसँग पनि ४० सीटमात्रै रहेको छ । एकजना सांसद सभामुखमा निर्वाचित भएका कारण दुवैतिर बराबरी संख्या देखिएको हो । र, दुवै पक्षले प्रदेश प्रमुख धर्मप्रसाद यादवसमक्ष निवेदन दिएका छन् कि आफ्नो पक्षमा सरकार बनाउनु माग गर्दै ।

माओवादी, कांग्रृेस, जसपा र जनमोर्चाका सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुख यादव समक्ष माग दाबी गरेका छन् । र एमालेका ४० सांसदले पनि त्यही दाबी गरेका छन् । तर, ती दुवै दाबीलाई अहिलेसम्म प्रदेश प्रमुख यादवले प्रष्ट पार्न सकेका छैनन् । दुवैतिर ४० सांसद भएको अवस्थामा अन्तिम समयमा सभामुखले मतदान गर्ने अधिकार हुन्छ । त्यो अवस्थामा विपक्षी गठबन्धनलाई बहुमत पुग्न सक्छ । सभामुख पुर्ण घर्ति माओवादी केन्द्रबाट निर्वाचित भएका सांसद हुन् । त्यसैले अहिले सभामुखको मतदान विपक्षी गठबन्धनलाई हुने देखिन्छ ।

काग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले प्रदेश प्रमुखले विपक्षीकै माग दावीलाई स्वीकार गर्ने बताए । शिलापत्रसँग छोटो कुराकानी गर्दै कनौडियाले आफुहरु सरकार गठनकै बारेमा छलफलमा रहेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org