ताजा समाचार

नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षाका लागि सरकार लागिपरहेको बताएका छन् ।

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उनले सरकार महामारीबाट जनताको जीवन जोगाउन लागिपरेको बताएका हुन् ।

‘हरेक नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो,’ प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउन नपोरोस् भन्नेमा सरकार संवेदनशील छ ।’

कोरोना महामारीबाट जनताको जीवन जोगाउनका लागि सरकारले आफ्ना सबै संयन्त्र परिचालन गरेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए ।

हालसम्म कोरोनाबाट ‘अनाहकमा यस महामारीबाट ३ हजारभन्दा बढीले ज्यान गुमाएको’ प्रधानमन्त्रीको भनाइ थियो । उनले सबै नागरिकलाई खोप लगाउनका लागि सरकार लागिरहेको बताए ।

हाल संक्रमण फैलिन नदिनका लागि विज्ञहरूको सुझावअनुसार नै निषेधाज्ञा लगाउनेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोकिएको, भारतसँगका नाका बन्द गरिएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

यस्तै, अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा नियुक्त गरिने पनि उनले बताए । स्वास्थ्यकर्मीलाई मासिक तलबकाे ५० प्रतिशत भत्ताको व्यवस्था गरिने प्रधानमन्त्री ओलीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org