ताजा समाचार

सेनालाई १ हजार शैयाको कोभिड अस्पताल बनाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री ओलीले काठमाडौंमा १ हजार शैयाको अस्थायी कोभिड अस्पताल बनाउन नेपाली सेनालाई निर्देशन दिएका छन्।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले जनताको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताए। उनले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रिचन्द्र मिलिट्री अस्पतालसहित काठमाडौं उपत्यका धेरै शैया भएका ठूला सरकारी र निजी अस्पताल कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने समेत बताए।

प्रधानमन्त्रीका अनुसार कुनै अस्पतालले शैया लुकाएको वा अक्सिजन लुकाएको थाहा पाए कडा कारबाही गरिनेछ। प्रधानमन्त्रीले सबै अस्पतालमा अक्सिजनको स्टक राखिने र यसमा कालोबजारी गर्ने वा लुकाउनेलाई कडा कारबाही गरिने समेत बताए।

प्रधानमन्त्रीका अनुसार ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिनेछ। सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org