ताजा समाचार

‘पदमुक्त भएकोमा अत्यन्तै खुसी छु, त्यसका लागि राष्टपतिज्यूलाई मुरीमुरी धन्यवाद्’

काठमाडाैँ । गण्डकी प्रदेशको प्रमुखबाट हटाइएका अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन्।

पदबाट बर्खास्त गरिएको भोलिपल्ट मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै शेरचनले प्रदेश प्रमुख पद बाध्यताले स्वीकार गरिएको पद थियो भन्दै त्यसबाट मुक्त गरिदिएकामा राष्ट्रपतिलाई मुरीमुरी धन्यवाद भनेका हुन्।

‘पदमुक्त भएकामा अत्यन्तै खुसी छु, त्यसका लागि राष्टपतिज्यूलाई मुरीमुरी धन्यवाद,’ उनले भने, ‘ओलीले सुरुमा गरेको प्रस्ताव अस्वीकार गरेको पद थियो यो, पछि पार्टीको निर्णय मान्नुपर्ने बाध्यताले स्वीकार गरेको पद हो यो। राष्टपतिज्यूलाई धन्यवाद छ।’

उनले आफू पदका लागि राजनीति गरेको व्यक्ति नभएको उल्लेख गर्दै कुनै बेला राष्ट्रपतिका लागि प्रस्ताव आउँदा पनि अस्वीकार गरेको सुनाए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org