ताजा समाचार

महन्थ र राजेन्द्रले गराउन थाले खाली कागजमा हस्ताक्षर

काठमाडाैँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले कार्यकारिणी सदस्य र सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराएका छन्।

जुनसुकै बेला पनि आवश्यक कदम चाल्न पर्ने अवस्था आउन सक्ने भन्दै ठाकुर र महतोले हस्ताक्षर संकलन गरेका हुन्।

कुनै प्रयोजन नखुलाइकन हस्ताक्षर गर्न लगाइएको पूर्वराजपा पक्षधर एक कार्यकारिणी सदस्यले बताए।

‘उपेन्द्र र बाबुरामले गरेको सिको हामीले गर्नु गलत थियो। पार्टी जोगाउनका लागि केही पहलसमेत भएन,’ ती कार्यकारिणी सदस्यले भने,’अब हाम्रो हस्ताक्षर सरकारको समर्थनका लागि दिएमा नौलो हुँदैन। पार्टी त अब एक रहनै मुस्किलजस्तो देखिएको छ।’

ठाकुर र महतोले आफूनिकट सांसद र कार्यकारिणी सदस्यलाई काठमाडौंसमेत बोलाएका छन्।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका रेशम चौधरी जेलमा छन्। ५० सदस्य कायम रहेको कार्यकारिणी समितिमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवसँग बहुमत छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org