ताजा समाचार

मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छ: उपप्रधानमन्त्री पोखरेल

काठमाडाै । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूसँग बिहीबार कुरा गर्दै पोखरेलले नेपाल सरकारले तोकेकोभन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पताल कारबाहीको भागीदार हुने बताएका हुन् ।

‘निजी अस्पतालमा सरकारले तोकेको दस्तुरअनुसार नै उपचार हुनुपर्छ । त्योभन्दा फरक भएको भन्ने सूचना पाएका छौँ, काठमाडौंका विभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चेतावनी दिइसकेको छ, यदि त्यस्तो भेटिए कारबाही हुन्छ,’ उनले भने ।

सरकारी अस्पतालमा सबै कोरोना संक्रमितहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको पनि उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org