ताजा समाचार

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ।

बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउन आज स्थायी कमिटी बैठक बस्न लागेको हो। साथै आज विभिन्न तहमा औपचारिक तथा अनौपचारिक छलफलका कार्यक्रमहरु रहेको नेकपा एमाले संसदीय दलका उप नेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। आज उम्मेदवारको टुंगो लगाउनुअघि हिजो बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक बसेको थियो।

बैठकमा पार्टीको तर्फबाट उठाउने उम्मेदवारलाई जित दिलाउन विभिन्न पक्षसँग छलफल गर्ने निर्णय भएको थियो। माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई नै एमालेले राष्ट्रियसभा उप निर्वाचनमा उम्मेदवार बनाउने तयारी गरेको छ। पहिले पनि थापाले नै चुनाव जितेको सिटमा फेरि पनि उनलाई नै उम्मेदवार बनाइने एमाले अध्यक्ष केपी ओलीले यसअघि नै बताइसकेका छन्।

साथै आज उम्मेदवारको टुंगो लगाउनुअघि नेकपा एमालेका दुवै समूहका नेताहरु पार्टीलाई एक ढिक्का बनाउने विषयमा छलफलमा जुटेका छन्। ओली र खनाल–नेपाल समूहका दोस्रो तहका नेताहरुबीच पार्टी एकताका विषयमा हिजो विभिन्न चरणमा छलफल भएको थियो। राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउनुअघि दुवै पक्ष छलफलमा रहेको नेताहरुले बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org