ताजा समाचार

राष्ट्रियसभा सदस्यका लागि एमालेबाट बादल र खिमलालले गरे स्वतन्त्र उम्मेदवार दर्ता

काठमाडाै । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका नेकपा एमालेबाट रामबहादुर थापाले उम्मेदवारी दर्ता गरेका छन् भने खिमलाल देवकोटाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जेठ ६ गते हुन लागेको राष्ट्रिय सभा उपनिर्वाचनको लागि शुक्रबार वाग्मती प्रदेशको राजधानी हेटौंडा पुगेर दुवै जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

बादललाई बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल प्रस्तावक बनेका छन् भने सामाजिक विकास मन्त्री सरस्वती बस्नेत समर्थक रहेकी छिन् । त्यस्तै देवकोटाका लागि एमाले माधव कुमार नेपाल समूह,  नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समर्थन रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org