ताजा समाचार

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बैठक साँझ ५ बजेलाई बोलाएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बैठकका एजेण्डा पनि खुलाइएको छैन ।
नियमित मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ ।

‘एजेण्डा पनि नखुलाएको र शनिबार मन्त्रिपरिषद बैठक बोलाएकोले हामी पनि अन्योलमा छौ’, ती मन्त्रीले भने, ‘कुनै महत्वपूर्ण निर्णय हुनसक्छ ।’
यसअघि प्रम ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी नहुने भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org