ताजा समाचार

प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ, प्रेस सल्लाहकार थापा र स्वकीय सचिव आचार्यलाई  फेरि संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । तर उनका स्वकीय सचिव इन्द्र आचार्य र प्रेस सल्लाहकार सूर्य थापामा भने पुनः संक्रमण देखिएको बालुवाटार स्रोतले जनाएको छ।

उनीहरु यसअघि नै संक्रमित भइसकेका थिए। उनीहरु दुवैले कोरोना विरुद्धको दुई मात्रा खोप पनि लगाइसकेका छन्।

सचिवालयकै रुपेश आचार्यलाई पनि संक्रमण देखिएको छ। यहि २७ गते बस्ने संसद बैठकलाई लक्षित गरी शुक्रबार स्वकीय तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित एक सय जनाभन्दा बढीको स्वाब संकलन गरिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org