ताजा समाचार

वीरको नयाँ भवनलाई ५०० शय्याको कोरोना विशेष अस्पताल बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ । त्यसले अरू अस्पतालहरूको पनि समन्वय गर्ने जनाइएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

केही दिनअघि सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ विशेष अस्पताल बनाउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

आज साँझ बालुवाटारमा बसेको बैठक कोभिड–१९ नियन्त्रणकै विषयमा केन्द्रित रहेको उनले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org