ताजा समाचार

नेपाल समूहका सांसद राजीनामा बुझाउन संसद् सचिवालयमा

काठमाडौँ  । राजीनामा बुझाउन नेकपा एमाले (नेपाल समूह) का सांसदहरु संसद् सचिवालय पुगेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विश्वासको मत लिने तयारी गरेपछि त्यसलाई फेल गराउन नेपाल पक्षका सांसदले राजीनामा बुझाउन लागेका हुन् ।

केही बेरअघि नेपाल समूहको स्थायी कमिटीको भर्चुअल बैठक पनि बसेको थियो । राजीनामा बुझाउन नेपाल समूहका सांसदहरु अहिले संसद सचिवालयमा पुग्नेक्रम जारी छ । अहिलेसम्म सांसदहरु जीवनराम श्रेष्ठ, मेटमणी चौधरी, निरादेवी जैरु, पवित्रा निरौलालगायतका सांसद राजिनामा दिन संसद् सचिवालयमा पुगिसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org