ताजा समाचार

राजीनामा तयारीमा रहेका नेता नेपालसँग पौडेल–नेम्वाङको छलफल

काठमाडौं । राजीनामाको तयारीमा रहेका एमाले नेता माधवकुमार नेपालसँग नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले अहिले छलफल गरिरहेका छन् ।

सिंहदरबार संसद् सचिवालय पुगेका नेता नेपाललाई भेट्न उनीहरु बालुवाटारबाट त्यहीँ पुगेका हुन् । अहिले उनीहरुबीच छलफल भइरहेको छ ।

यसअघि भएको भर्चुअल छलफलमा एमाले स्थायी कमिटीका सदस्यहरु नाटकीय परिवर्तन नभए राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।

नेपाल पक्षका सांसदहरु पनि राजीनामाको तयारीमा रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org