ताजा समाचार

प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गरी विश्वासको मत लिने

काठमाडाै । प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दैछन् । आजै प्रधानन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिन अघि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

‘प्रधानमन्त्रीले आफ्नो सम्बोधनसहित विश्वासको मतको लागि प्रस्ताव गर्नु हुन्छ, त्यसपछि मतदान प्रकिया आरम्भ हुनेछ,’ संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले भने ।

मतदानमा कोरोना संक्रमण देखिएका सांसदहरू पनि भाग लिन पाउने व्यवस्था गरिएको उनले जनाएका छन् । प्रतिनिधिसभाका २६ सांसदलाई कोरोना देखिएको थियो ।

प्रतिनिधि सभामा हाल २७१ सांसद छन् । प्रधानमन्त्री ओलीलाई विश्वास प्राप्त गर्नका लागि १३६ मत आवश्यक हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org