ताजा समाचार

नेपाल समूहलाई प्रधानमन्त्रीले भनेः आउनुस्, समस्या भए छलफल गरौं

काठमाडाै ।  प्रधानमन्त्री  केपी शर्मा अ‍ोलीले माधव नेपाल समूहलाई वार्ताका लागि बोलाएका छन् ।

सोमबार ट्वीटमार्फत प्रधानमन्त्री अ‍ोलीले आज आफूले संसदमा विश्वासको मत लिने भन्दै समस्या भए वार्तामार्फत समाधान हुने बताएका हुन् । उनले विश्वासको मत लिनु अगाडि नै राजीनामा बुझाउन तयारी गरिरहेको नेपाल समूहलाई हतारमा निर्णय नगर्न आग्रह गरेका छन् ।

‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ । तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं’, प्रधानमन्त्री अ‍ोलीले भनेका छन् ।

अ‍ोलीले नेकपा (एमाले) संसदीय दलका सबै सांसदहरुलाई आज आफूले विश्वासको मत लिने विषय जानकारी भएको भन्दै प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको पनि स्मरण गरेका छन् ।

आज प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको बैठक बस्दैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org