ताजा समाचार

प्रधानमन्त्रीलाई मतदान नगर्ने एमाले सांसदलाई कारबाही हुन्छ : विशाल भट्टराई

काठमाडौं  । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको संसद् बैठकमा अनुपस्थित हुने वा प्रधानमन्त्रीलाई मतदान नगर्ने एमालेका सांसदलाई कारबाही गर्ने बताएका छन्।

उनले भने, ‘हामीले हिजै प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन गरिसकेका छौँ। बैठक सहभागी नहुने सांसदहरूलाई पार्टीको बैठक राखेर कारबाही गर्छौं।‘

माधव नेपाल समूहले भने आफ्ना मागहरु सम्बोधन नहुँदासम्म ओलीको पक्षमा मतदान नगर्ने अडान राख्दै आएको छ।

संसदमा ह्वीप विपरित मतदानमा सहभागी हुँदा कारबाही प्रक्रियाबाट सांसद पद जाने भएपछि नेपाल पक्षधर समूहले संसदबाटै राजीनामा दिने निर्णय गरेका थिए। तर, सामूहिक राजीनामा गर्नबाट पछि हटेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org