ताजा समाचार

ओलीलाई विश्वासको मत नदिने माओवादी संसदीय दलको निर्णय

काठमाडाै । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र यो अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पुर्‍याउने निर्णय गरेको हो।

आजको संसद् बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org