ताजा समाचार

एमाले विभाजन भए माधव-झलनाथतिर लाग्छु : वामदेव गौतम

काठमाडौँ । झलनाथ खनाल-माधव नेपाल समूहले नयाँ पार्टी गठन गरे त्यसमा सहभागी हुने नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बताएका छन् । सोमबार गौतमले समसामयिक सन्दर्भमा यस्तो धारणा राखेका हुन् ।

‘वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरूले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन’ गौतमले भनेका छन् ‘तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।’

‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्‍ने आग्रह राख्नुभयो । तर, अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन’ वामदेवले भने । प्रतिउत्तरमा गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भनेको गौतमको दाबी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org