ताजा समाचार

‘अरुमाथि दोष थुपारेर प्रधानमन्‍त्री जिम्मेवारीबाट भाग्‍न पाउनुहुन्‍छ ?’

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार पूर्णतया असफल भएको बताएका छन् । सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि प्रतिनिधि सभामा बोल्दै सभापति देउवाले अरुमाथि दोष र गुनासो थुपारेर प्रधानमन्‍त्री जिम्मेवारीबाट भाग्‍न नपाउने बताए । उनले प्रतिपक्षले रचनात्‍मक रूपमा सहयोग गरेको समेत स्‍मरण गरे ।

‘प्रतिपक्षका रूपमा रचनात्मक र सहयोगी भूमिका हामीले निर्वाह गर्‍यौँ,’ उनले भने, ‘ अस्पतालमा बेड, आइसीयू र भेन्टिलेटर नपाएर बिरामीले ज्यान गुमाउन परेको अवस्था छ । अरुमाथि दोष र गुनासो थुमारेर जिम्मेबारीबाट प्रधानमन्त्री भाग्न पाउनुहुन्छ ? सरकार पूर्णतय असफल भएको छ । सरकार जनताबाट भाग्न सके पनि हामीबाट भाग्न सक्नुहुन्‍न ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org