ताजा समाचार

प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न- तपाईंसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?

काठमाडाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत माग्ने नैतिक अधिकार नभएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘विश्वासको मत माग्नु भएको छ । तपाईंसँग नैतिक अधिकार छ र प्रधानमन्त्रीजी  विश्वासको मत माग्न यो सदन र माननीय सदस्यहरूसँग ?’

प्रचण्डले नैतिक रुपले प्रधानमन्त्री ओलीसँग विश्वासको मत माग्ने अधिकार नभएको पनि बताए ।

‘विश्वासको मत माग्नु भएको छ । तपाईंसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीजी?,’ प्रचण्डले प्रश्न गर्दै भने, ‘प्रधानमन्त्रीजी यो सदन र माननीय सदस्यहरुसँग विश्वासको मत माग्ने तपाईंसँग नैतिक अधिकार छ ?’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org