ताजा समाचार

ओली र नेपालबीच भेटवार्ता हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेट हुने भएको छ । उनीहरूबीच केही समयपछि भेट हुने नेपाल निकट नेता जगन्‍नाथ खतिवडाले जानकारी दिए ।

‘ओलीले भेटेर छलफल गरौँ भनेका छन्’ खतिवडाले भने ‘के भन्‍ने रहेछन् छलफल त गर्नुपर्‍यो ।’ उनका अनुसार नेता नेपालले बालुवाटारमा नआउने भनेपछि भेट्‍न ठाउँ र समय भने टुंगो लागेको छैन् ।

आज बिहान बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि कारबाही फुकुवा गरेको थियो ।

अर्थमन्त्री पौडेल स्थायी कमिटी बैठकअघि आज बिहान नेता नेपाल निवास कोटेश्वरमा पुगेर छलफल गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बैशाख ३० गतेभित्र बहुमतको सरकार बनाउन दलहरूलाई आह्वान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले दिएको समयसीमा आज सकिँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org