ताजा समाचार

प्रचण्डको आह्वान– परिवर्तन विरोधी प्रतिगामी शक्तिविरुद्ध एकताबद्ध होऔं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गरेका छन् ।

उनले शुक्रबार मुस्लिम समुदायको चाड इद–उल–फित्रको अवसरमा शुभकामना दिँदै संघीय लोकतान्त्रिक गणतन्त्रका सुनिश्चित गरेको अधिकारमाथि प्रतिक्रियावादीहरुले प्रहार गरिरहेको पनि बताए छन् ।
कोरोना महामारीबाट बच्न स्वास्थ्य मापदण्डको पालना गर्न पनि उनको अनुरोध छ ।

“संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधानले नेपाली बहुसंस्कृतिको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको छ । अहिले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियाहरुबाट प्रहार भइरहेको छ । परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गर्दै विश्वभर फैलिएको कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन सबैमा आग्रह पनि गर्दछु,” उनले विज्ञप्तिमा भनेका छन् ।

विश्वमा नेपालको भिन्नै मौलिक पहिचानका कारण जनसमुदायका बीचमा सदियौंदेखि सहिष्णुता र राष्ट्रिय एकताको भावना जागृत भएको उनको भनाइ छ । बहुधर्म र बहुसंस्कृतिले नैसमाजलाई पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org