ताजा समाचार

ओली–नेपाल मिले पनि मेरो उम्मेदवारी यथावत् : डा. खिमलाल देवकोटा

काठमाडाै । राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि विपक्षी गठबन्धनसँग मिलेर एमालेकै उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता भइसकेको अवस्थामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच मिलेर अघि बढ्ने सहमति भएको छ।

बागमती प्रदेशअन्तर्गत यही जेठ ६ गते हुने उपनिर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बनेका छन् भने कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेकै नेपाल पक्षसमेत विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटाको उम्मेदवारी दर्ता भइसकेको छ।

तर अहिले एमालेका दुई पक्षबीच सहमति भएको अवस्थामा त्यो उम्मेदवारी के होला त?

उम्मेदवार डा. देवकोटा स्वयंले भने आफ्नो उम्मेदवारी यथावत् रहने बताएका छन्।

आफू कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीलगायतका दलको समर्थनमा उम्मेदवार बनेकाले त्यसमा पुनःविचार हुनै नसक्ने जिकिर देवकोटाले गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीतिक दलहरूले मप्रति गर्नुभएको विश्वास र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु। संविधानप्रदत्त स्थानीय र प्रदेशका अधिकारहरू बिनाव्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु। मेरो उम्मेदवारी यही विचारबाट अभिप्रेरित छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org