ताजा समाचार

ओली–नेपाल आज पनि भेट्दै, कार्यदललाई अन्तिम रूप दिने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज (शुक्रबार) पनि भेटवार्ता हुने भएको छ । उनीहरूबीच साँझ ६ बजे भेटवार्ता तय भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

“साँझ ६ बजे भेट्ने तय भएको छ । दुवै पक्षका अरू नेता सहभागी हुने नहुने टुंगो लागेको छैन,” नेम्वाङले भने । स्थान तय भइनसकेको एक नेताले बताए । आज बस्ने अध्यक्ष ओली र नेता नेपालको बैठकले कार्यदललाई अन्तिमरूप दिने बताइएको छ । दस सदस्यीय कार्यदल गठन हुने बताइएको छ । जसमा ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल रहनेछन् । दुईजनाको नाम टुंगो लाग्न बाँकी रहेको बताइएको छ । नेता नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट रहनेछन् । बाँकी सदस्यमा रघुजी पन्तलाई पठाउने तयारी भइरहेको स्रोत बताउँछ ।

ओलीसँग जेठ २ मा फर्कने सैद्धान्तिक समझदारी भएको नेपाल पक्षको जिकिर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org