ताजा समाचार

प्रधानमन्त्री ओलीलाई भेटेको हुँ : डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले महाविपत्ति उन्मुख देशलाई निकास दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको प्रस्टीकरण दिएका छन् । उनले सामाजिक सञ्‍जाल ट्‍वीटरमा व्यक्ति ओलीलाई नभई प्रधानमन्त्री ओलीलाई भेटेको उल्लेख गरेका छन् ।

‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान/पूर्व प्रमबाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो,’ डा. भट्टराईले ट्‍वीटरमा लेखेका छन्, ‘ वहाँले नमानेपछि अरूलाई नभनेको हुँ । अझै पनि धारा ७६(५) बमोजिम बनाउन सकिन्छ। सोचौं!’

प्रधानमन्त्री ओली निकट एमाले नेता महेश बस्‍नेतले  डा. भट्टराईले भेटेर प्रधानमन्त्री पद मागेको आरोप लगाएका थिए । त्यसको जवाफमा डा. भट्टराईले आफूले भेटेको प्रष्टीकरण दिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org