ताजा समाचार

ओली-नेपाल वार्ता : १० सदस्यीय कार्यदल गठन

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज भएको करिब २ घण्टाको वार्तामा पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाउने दुई नेताबीच सहमति बनेको हो ।

वार्तास्थलबाट निस्किँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए ।

कार्यदलमा दुवै पक्षका ५/५ जना सदस्य बनाउने निर्णय गरेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । जसमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट छन् । त्यस्तै ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल प्रदीप, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

‘कार्यदललाई तीन दिनको समय दिने कुरा भएको छ । सो कार्यादलले नै खाका तयार गर्नेछ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org