ताजा समाचार

प्रधानमन्त्री ओलीलाई देउवाले बुझाए १५ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसको १५ बुँदे सुझावसहितको ज्ञापनपत्र बुझाएका छन्। बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर देउवा नेतृत्वको टोलीले कोरोना उपचार, नियन्त्रण तथा रोकथामका लागि सरकारले चाल्नुपर्ने कांग्रेसको १५ बुँदे सुझावसहितको बुझाएका हुन्।

प्रधानमन्त्रीलाई भेट्न देउवासहित कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री एवं कोभिड-१९ अनुगमन समितिका संयोजक डा प्रकाशशरण महत, कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणलगायत पुगेका थिए।

कांग्रेस संसदीय दल कार्यसमितिको बिहीवार बसेको बैठकले बिभिन्न ११ बुँदे निर्णय गर्दै कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराएको थियो। बैठकले प्रधानमन्त्री ओलीकै गलत विश्लेषणका कारण कोरोनाले क्षति बढाएको दाबीसमेत गरेको छ।

यसअघि पनि देउवाले आफ्नो निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गरी कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार असफल रहेको उल्लेख गर्दै विरोध जनाएको थियो।

यसैबीच काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महत संयोजक रहेको कोभिड-१९ अनुगमन समितिले जेठ तीन दिनसम्म कोरोना रोकथाम तथा नियन्त्रणबारे सातै प्रदेशमा छलफल गरी सुझाव संकलन गरेको थियो। सोही छलफलका आधारमा १५ बुँदे ज्ञापनपत्र बनाएको बताइएको छ।

यस्तो छ प्रधानमन्त्रीलाई कांग्रेसले बुझाएको ज्ञापनपत्र       

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org