ताजा समाचार

पूर्वमन्त्री पुनले पठाए जिल्ला अस्पताल रुकुम पुर्व र दुई गाउँपालिकाका लागि अक्सिजन कन्सन्ट्रेटर

काठमाडाैं । रुकुम पूर्वका लागि ६ वटा अक्सिजन कन्सन्ट्रेटर पठाइएको छ ।

जिल्ला अस्पताल रुकुम पूर्वका लागि २, सिस्ने गाउँपालिकाकाका लागि २ र भूमे गाउँपालिकाका लागि २ वटा गरेर ६ वटा अक्सिजन कन्सन्ट्रेटर पठाइएको हो ।

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गणेशमान पुनको पहलमा जिल्ला अस्पताल र दुई गाउँपालिकाका लागि अक्सिजन कन्सन्ट्रेटर पठाइएको हो ।

कोरोना संक्रमण तीब्र गतिमा रुकुम पूर्वमा समेत फैलिरहेको छ भने, कोरोनासंग मिल्दोजुल्दो लक्षणसहितका बिरामी समेत थपिदै गएका छन् ।

सिस्ने र भूमे गाउँपालिकाले अक्सिजन कन्सन्ट्रेटर आफ्नै आर्थिक स्रोतमा खरिद गरेपनि जिल्ला अस्पताल रुकुम पूर्वले भने १ वटा मात्रै खरिद गर्न सकिने जनाएपछि थप अर्को कन्सन्ट्रेटरका लागि तत्काललाई नेता पुनको रोहबरमा पठाइएको हो ।

रुकुम पूर्वका लागि पठाइएका अक्सिजन कन्सन्ट्रेटर १० लिटर क्षमताका रहेका छन् । चिकित्सक तथा विज्ञसँगको सुझाव तथा सल्लाहमा कोरोना संक्रमितका लागि १० लिटर क्षमताको कन्सन्ट्रेटर पठाइएको हो । कन्सन्ट्रेटर एकदुई दिनमै जिल्ला पुग्नेछन् ।

यस्तै, जिल्ला अस्पतालका लागि पठाइएको एक कन्सन्ट्रेटरका लागि रुकुम पूर्वका विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग आर्थिक रकम जुटाइने भएको छ।

भक्त केसी, टिकाराम खड्का, विकास खड्का, संगम मंगोलियन, शुशिल खड्का, तारक खड्कालगायतका युवाहरुले आर्थिक संकलन अभियान थाल्ने तयारी गरेका छन् । उनीहरुले जिल्लाका लागि आवश्यक स्वास्थ्य सामाग्री तथा अक्सिजन कन्सन्ट्रेटर खरिदमा सहयोग गर्ने गरेर गृहकार्य अगाडी बढाएको अभियान्ता भक्त केसीले जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org