ताजा समाचार

उपत्यकामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा, मोडालिटी केही खुकुलो

काठमाडाै । उपत्यकामा गत वैशाख १६ गतेबाट जारी निषेधाज्ञा थप भएको छ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकलेले  निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो ।

वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो। जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ।

यद्यपी अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको छ।

यस्तै सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ। निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org