ताजा समाचार

कोरोना तेस्रो लहरको तयारी : बालबालिकाका लागि सबै प्रदेशमा अस्पताल बनाउने घोषणा

काठमाडाै । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोना भाइरसको तेस्रो लहरमा बालबालिका बढी जोखिममा पर्ने भएकाले सातै प्रदेशमा अस्पताल बनाउने घोषणा गरेका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले भने, ‘कोरोनाको तेस्रो लहरमा बालबालिकालाई असर गर्ने विज्ञहरूले भनिरहनुभएको छ ।  त्यसको तयारी गरेका छौँ । सातै प्रदेशमा बालबालिकाका लागि अस्पताल, आईसीयू कक्ष निर्माण गर्ने कार्यक्रम अगाडि बढाएका छौँ ।’

नगरिकको जीवनरक्षा गर्नु आफ्नो पहिलो दायित्त्व भएको बताए । ‘सबै नागरिकको जीवन रक्षा गर्ने दायित्व र भूमिका लिएर आएको छु । अहिलेको प्राथमिकता कोरोनाको कहरकबाट मुक्त गर्ने हो । कोरोनाविरुद्धको लडाइँ लड्ने हो,’उनले भने ।

मन्त्री तामाङले पारदर्शी ढंगले काम गर्ने प्रतिबद्धता जनाए । ‘आजको दिन नै अन्तिम दिन हो भनेर काम गर्नेछु । भोलि गरौँला पर्सी गरौँला भनेर बस्ने छैन । निष्ठार्पूवक गर्ने छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org